२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

गोंगबुमा फेला परेको विभत्स शव दाङका कृष्णबहादुरको

काठमाडौं,  
२६ साउन । गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ ।

शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । त्यसपछि शव बोहराको भएको खुलेको हो ।

उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले बताएको छ । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो ।

थप विवरण आउन बाँकी रहेको छ ।