२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कपिलवस्तुमा भोलिदेखि साउन ३२ गतेसम्म लकडाउन

कपिलवस्तु, 
२६ साउन । समुदायमा संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा मंगलबारदेखि साउन ३२ गतेसम्म लकडाउन गरिएको छ ।

जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले साउन २७ गते बिहान ५ बजेदेखि ३२ गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सर्वसाधारणलाई आवतजावत गर्न नदिने गरि लकडाउनसँगै व्यापार व्यवसाय, जिल्लाभरिको बजार पसल बन्द गरिएको हो ।

तरकारी र खाद्यान्‍न पसल भने बिहान ८ देखि १० बजेसम्म सञ्चालन गर्न दिइएको छ । निजी सार्वजनिक यातायात बन्द हुनेछन् । होटल, रेष्टुरेन्ट र चिया पसल पनि बन्द गरिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द गरिएको छ ।

१० दिनयता कपिलवस्तुमा ५५ जना बढिमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

भाइरस संक्रमितको संख्या जिल्लामा ८ सय ५७ पुगेको खबर कान्तिपुरमा प्रकाशित छ ।