२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

शारदा नदीले बगाएर २५ वर्षीय युवकको मृत्यु

सांकेतिक तस्वीर ।

सल्यान, 
२६ साउन । शारदा नदीले बगाउँदा सल्यानमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर पोखराका २५ वर्षीय लेवाराम रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार बिहान शारदा नदी तरी खेतमा जाने क्रममा शारदा नदीले बगाएको प्रहरीको भनाई छ । उनको शव दलपुरेमा फेला परेको प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलीपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।