२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

जनकपुरमा कोरोना संक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु

जनकपुरधाम, 
२७ साउन । धनुषाको जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल मातहत रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् । उनी गत साउन ८ गते देखि आइसोलेसन कक्षमा भर्ना भएका थिए । संक्रमितलाई लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको अस्पतालका डा. जामुन सिंहले जानकारी दिए ।

संक्रमितको मृत्युपछि शव व्यवस्थापनको तयारी थालिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए ।