२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

घोराहीमा मोटरसाइकल दुर्घटनामा हुँदा १८ बर्षिय युवकको मृत्यु

घोराही, 
२७ साउन । दाङमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ ।

मंगलवार विहान साढे ३ बजेतिर घोराही उपमहानरपालिका १० निवासी करिब १८ बर्षिय विमल डाँगीको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

घोराही १० को चलौरा चोकदेखि धबघाट तर्फ जादै गरेको रा ५ प २५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुदाँ डाँगी घाईते भएका थिए ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।