२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

पर्सामा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना संक्रमण

वीरगन्ज, 
२७ साउन । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा स्थायी घर भएका छन् ।

वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक जना गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका चिकित्सक डा. निरजकुमार सिंहका अनुसार सोमबार गरिएको परीक्षणमा १७ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २७ जनामा कन्टयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षणका लागि आएका ४ जनामा पनि कोरोना पुष्टि भएको छ ।