२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

तुलसीपुरका २९ नेपाली सेना र बबईका ३ जनामा कोरोना पुष्टि

तुलसीपुर, 
२७ साउन । दाङका २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेमा स्वाब परीक्षण गर्दा नेपाली सेनाका २९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै १९ नम्बर बाहिनी तुलसीपुरमा कार्यरत सेना हुन् ।

गएको साउन १८ गते प्यूठानबाट आएका एक सेनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य ३१ जनाको स्वाब संकलन गरि परीक्षणकालागि बाँके पठाईएको थियो । ति मध्ये २ जना बाहेक अन्य सबैको कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले बताए ।

१६ गते प्यूठानबाट आएका एक सेनामा ज्वरो आएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि देखिएको थियो । मंगलबार संक्रमण पुष्टि भएका सबैलाई यस अघि नै बाहिनीको क्वारेन्टिनमा राखिएको थियो । संक्रमितहरुलाई लक्षण भने नदेखिएको केसीले बताए ।

यस्तै दाङ बबई गाउँपालिकाका तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भेरी प्रादेशिक अस्पताल बाँकेमा स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बबई ४ का २६ र ३३ बर्षीय पुरुष तथा बबई ७ का ३० बर्षीय महिलामा कोराना संक्रमण पुष्टि भएको हो ।