२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शान्तिनगरमा भारतबाट आएका ९ वर्षिय बालकमा कोरोना पुष्टि

शान्तिनगर, 
२७ साउन । शान्तिनगर गाउँपालिकाका १ जना बालकमा कोरोनाको पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान घोराहीमा गरिएको कोरोना पिसिआर परिक्षणमा शान्तिनगर गाउँपालिका वडा नं. २ का ९ बर्षिय बालकमा कोरोना पोजेटिभ देखिएको हो ।

भारतबाट आमा र बुवासंग नेपाल आएका बालकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । आमा र बुवाको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा शान्तिनगरका प्रमुख हरी पुनले जानकारी दिनुभयो ।

विपि बयाले क्वारेन्टाइनमा बसेका २२ जना र पेदा क्वारेन्टाइनमा बसेका २ जना गरी २४ जनाको नमुना स्वाव पठाएकोमा बालकको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।

आज थप १ बालक सहित शान्तिनगरमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । हालसम्म शान्तिनगरमा ७ सय जनामा पिसिआर विधिद्धारा कोरोनाको परिक्षण गरिएको छ ।

अव १६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य प्रमुख पुनले जानकारी दिनुभयो ।