२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

राप्ती नदीको बाढीमा बगेको गैंडा मृत भेटियो

दाङ, 
२७ साउन । राप्ती नदीले बगाएर मंगलबार एउटा गैँडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाटनजिक नदीमा मृतावस्थामा गैँडा फेला परेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५/२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो ।

मेघौलीनजिक राप्ती नदीमा बाढी घट्दै गएपछि गैंडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिए । उनका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।

यसअघि २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो । यसै महिनामा मात्र भारत पुगेको एक गैँडा नेपाल आएको मौका पारेर उद्धार गरिएको छ ।

त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थिए । यस वर्ष प्राकृतिक कारणले गैँडा मरेको यो पहिलो हो ।

गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । यसमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुईवटा वन क्षेत्रमा गैँडा मरेका हुन् । रासस