२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

कोरोना संक्रमणबाट ८३ जनाको ज्यान गयो

सांकेतिक तस्वीर ।

काठमाडौं,
२७ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको हो।

मंगलबार कोरोनाले मृत्यु पुष्टि हुनेमा धनुषाका दुई, काभ्रे र सिन्धुपाल्चोकका एक–एक जना रहेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने मृतकको संख्या ८३ पुगेको छ। मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन्। अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन्।