२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

बाँकेमा फेरी ३ दिन निषेधाज्ञा थप

नेपालगन्ज, 
२७ साउन । बाँके प्रशासनले शनिबार रातिदेखि जारी गरेको निषेधाज्ञा थप ३ दिनका लागि बढाएको छ, भने सिल गरिएका क्षेत्रहरू हटाउने निर्णय गरेको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेको बैठकले ३ दिन निषेधाज्ञा बढाएर लैजाने निर्णय गरेको हो ।

कोरोना संक्रमित बढ्दै गएपछि मंगलबार बसेको बैठकमा शनिबार जारी निषेधाज्ञा आउने शुक्रबार राति १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

शनिबार राति १२ बजेदेखि जारी निषेधज्ञा मंगलबार राति १२ बजे सकिँदैछ । कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाकेले जिल्लाभरि तेस्रो पटक गत आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा लगाएको थियो । थपिएको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि लागु रहने छ ।

बाँकेमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ । २४९ उपचारका लागि आइसोलेसनमा छन् भने ४०५जना निको भएर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।