२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

मनसुन सुरु भएयता २०५ जनाको मृत्यु, ९४ जना घाइते

फाइल तस्वीर ।

काठमाण्डौं,
२८ साउन । गएको २४ घण्टामा देशका विभिन्न ठाउँमा विपदका १५ वटा घटना भएका छन् । ती घटनामा परि चार जनाको ज्यान गएको र सात जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस वर्ष मनसुन सुरु भएयता अर्थात् गएको जेठ ३० गतेपछि बाढी, पहिरो तथा चट्याङबाट मात्रै २ सय ५ जनाको ज्यान गइसकेको छ । विपदमा परेर ५४ जना हराइरहेका छन् भने एक सय ९४ जना घाइते भएका छन् । यस अवधिमा पहिरोबाट एक सय ८० जना, बाढीबाट पाँच जना र चट्याङबाट २० जनाको ज्यान गएको हो ।

पहिरोमा ४३ र बाढीमा ११ जना हराइरहेका केन्द्रले जनाएको छ ।