२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोना अस्पताल बुटवलमा उपचाररत २ पुरुषको मृत्यु

बुटवल, 
२८ साउन । कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका दुईजना पुरुषको मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार दुबैजनाको बुटवल धागो कारखाना स्थित आईसियुमा भेन्टिलेटरमा उपचार हुँदै आएको थियो।

दुबै जना अस्पतालमा भर्ना भएदेखि नै भेन्टिलेटरमा रहेको डाक्टर थापाले जानकारी दिए। मृतक दुबै जना कपिलवस्तुका हुन्।

मृतकमध्ये ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि २५ वर्षीय पुरुषको भने मंगलबार स्वाव संकलन गरिएकोले रिपोर्ट आइनसकेको डाक्टर थापाले बताएका छन्।