२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाण्डौं, 
२८ साउन । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । मंगलबार राति ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।

गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ ।