२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

गढवामा लागू औषध सहित २ जना पक्राउ

दाङ, 
२८ साउन। दाङको गढवामा लागु औषधसहित २ जना पक्राउ परेका छन् ।

कोईलाबास लमही सडकखण्ड अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ७ घोराहामा घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी बर्ष २३ का रिहा जुदिन र सोही ठाउँ निवासी बर्ष २२ का चालक अरमान धुनिया पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय गढवाको टोलीले मँगलबार बेलुका साढे ४ बजे कोईलाबासबाट घोराही तर्फ जाँदै गरेको लु३१प १५७८ नम्बरको स्कुटरसहित ५५ ग्राम ७ सय ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सुराकीको आधारमा स्कुटर चेकजाँच गर्दैगर्दा कोहीनुर लेखिएको हेल्मेट भित्र लुकाई छिपाई अबस्थामा लागू औषध फेला पारेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरत सिँह राँठौरले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।