२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

टिकुलीगैरामा खानेपानीको ट्याङ्की निर्माण

बबई, 
२८ साउन । बबई गाउँपालिका वडा नं. ६ मा पर्ने टिकुलीगैरामा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ ।

५ नं. प्रदेश सरकारको सहयोगमा सो ट्याङकी निर्माण भएको हो ।

५० लाखको लगानीमा पानीको ट्याङ्की निर्माण सम्पन्न भएको छ, भने डिप बोरिङको काम ८० प्रतिशत सम्पन्न भएको वडा अध्यक्ष राम वहादुर डाँगीले जानकारी दिनुभयो ।

१ लाख लिटर पानीको क्षमता रहेको ट्याङ्कीमा १ सय २२ घरधुरीलाई एक घर एक धारा खानेपानीको सुविधा पुराउने लक्ष्य रहेको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

अव पाईप लाइनिङको काम बाँकी रहेका र यसै आर्थिक बर्षमा घर–घरमा पानीको सुविधा पुग्ने पनि वडा अध्यक्ष डाँगीको भनाई छ ।