२०७८ मङ्सिर ५ गते आइतवार
२०७८ मङ्सिर ५ गते आइतवार

देशभर कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुग्यो

काठमाडौँ, 
२८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ। क्वारेन्टिनमा हाल १४ हाल ८ सय ४६ जना रहेका छन्।

देशभर सक्रिय संक्रमित ७ हजार ६ सय १३ रहेका छन्।