२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

सांकेतिक तस्वीर ।

काठमाडौं, 
२८ साउन । पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।