२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

खेल्ने क्रममा पेट्रोल खाँदा १७ महिने बालकको मृत्यु

प्रतीकात्मक तस्वीर ।

मुस्ताङ, 
२८ साउन । मुस्ताङको घरपझोङ गाउँपालिका ३ पुथाङ एयरपोर्ट जोमसोममा बुधबार एक १७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अघिकारीका अनुसार घरपझोङ ३ एयरपोर्ट जोमसोममा रहेको त्रिशुला मोटर साइकल वर्कसपका किरण थापाको १७ महिने छोरा किसान थापाको उपचारका लागि जोमसोम अस्पताल लैजाँदा मृत्यु भएको हो ।

१७ महिने बालकले घरमै खेल्ने क्रममा नजिकै राखिएको पेट्रोलियम पदार्थ खाँदा पुगेको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ।