२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भोलिदेखि भदौ ५ गतेसम्म बुटवलमा पुनः लकडाउन

फोटो : देशसञ्चार

बुटवल, 
२८ साउन । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।

आज बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय बजार खुल्ला भएसँगै मानिसहरूको भीडभाड र चहलपहल बढिरहेको छ । बजार खुल्ला हुँदा आममानिसले सामान्य सतर्कता पनि नअपनाएपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको उनले बताइन् । लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै क्षेत्र ठप्प हुने बताइएको छ ।