२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

कृषक समूहलाई किटनाशक औषधी र भिटामिन वितरण

रगैंजा, 
२८ साउन । शान्तिनगर गाउँपालिका वडा नं. ५ मा रहेका विभिन्न कृषक समूहलाई किटनाशक औषधी र भिटामिन वितरण गरिएको छ ।

शान्तिगनर गाउँपालिका कृषि शाखाद्धारा प्राप्त किटनाशक औषधी र भिटामिन वडा कार्यालय मार्फत टमाटर उत्पादन गरेका कृषक समूहलाई वितरण गरिएको हो ।

वडा नं. ५ भित्र विभिन्न टोलमा टमाटर उत्पादन गरेका काँसिपुर कृषक समूह, जुगजुग कृषक समूह, बन्द्रही कृषि समूह, महिला जागरण कृषक समूह, महाशान्ति कृषक समूह, श्रमजिवि कृषक समूहलाई वितरण गरिएको वडा सदस्य डिल्ली वहादुर खड्काले जानकारी दिनुभयो ।