२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पर्सामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्सा, 
२९ साउन । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले बुधबार साँझ सार्वजनिक गरेको पीसीआर परीक्षणको रिपोर्टअनुसार बारा जिल्लाका १ र पर्साका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

३४ जनामध्ये छिपहरमाई गाउँपालिकाका २ जना रहेका छन । अरु सबै वीरगञ्ज महानगरपालिकाका हुन्। थपिएका सङ्क्रमितमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका हुन ।

नेपाल रेल्वे माध्यमिक विद्यालयमा कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलन भएको स्वाबको परीक्षणमा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुको उमेर समूह ७ वर्षदेखि ६२ वर्ष रहेको छ । संक्रमितमध्ये १० जना महिला रहेका छन् ।