२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

भोलिदेखि पानी कम पर्छ : मौसमविद्

 

फाइल तस्वीर ।

काठमाण्डौं, 
२९ साउन । भोलिदेखि पानी कम पर्ने मौसमविद्ले बताएका छन् ।

मनसुन चलिरहेकाले कतैकतै पानी परे पनि भोलिदेखि लगातार झरीको संभावना कतै पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलकाअनुसार दिउँसो धेरै ठाउँमा चर्को घाम लागे पनि केही ठाउँमा भने पानी पर्ने संभावना छ ।

तर मनसुन चलिरहेकाले बेलुकादेखि बिहानसम्म केही ठाउँमा पानी पर्ने छ । दिउँसो तातेको जमिन बेलुकी चिसो हुन थालेपछि राति र बिहानीपख पानी पर्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

दिउँसो कम पानी परेपछि गर्मी भने बढ्नेछ । आज भने प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्न सक्नेछ । तर अबको केही दिन लगातार झरीको संभावना कतै पनि नभएको मौसमविद्ले जानकारी दिएका छन् ।