२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

शव बोकेको एम्बुलेन्स दुर्घटना, ४ जना घाइते, २ गम्भीर

तुलसीपुर, 
२९ साउन । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

दुर्घटनामा परि एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ४४ वर्षीय पुष्पा पुन मगरको अवस्था गम्भीर रहेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालका अनुसार उनीहरु दुबै जनालाई उपचारका लागि बाँकस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा परि मगरकी छोरी २१ वर्षीया छोरी रोजिना बोहोरा पनि घाइते भएकी छन् भने छोरापनि सवार रहेको भएपनि उनलाई भने चोटपटक नलागेको प्रहरीले बताएको छ।

पुष्पाका पति लोकबहादुर पुनलाई रक्तचापको समस्या बढेपछि उपचारका लागि उनीहरू बाँके लगेर गएका थिए। उनको मृत्यु भएपछि नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३४८ नम्वरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्राई खोलामा विहीवार विहान ३ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो।

एम्बुलेन्स झन्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको खबर सेतोपाटीमा प्रकाशित छ।