२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राजस्व कार्यालयका १२ कर्मचारीसहित ३० जना डिस्चार्ज

नेपालगन्ज, 
२९ साउन । आन्तरिक राजस्व कार्यालयका १२ जना कर्मचारीसहित नेपालगंन्जका ३० जना कोरोना संक्रमित बिहीबार कोरोना आइसोलेसनबाट डिस्जार्च भएका छन् ।

त्रिभुवन चोक केक एण्ड बेकरीका काम गर्ने व्यक्तिमा कोरोना देखिएपछि पसलमा आएकाहरुको परीक्षण गर्दा एकै दिन १६ जनालाई कोरोना देखिएको थियो ।

यता आन्तरिक राजस्व कार्यालयका कर अधिकृतलाई कोरोना देखिएपछि अरुलाई जाँच गर्दा १२ जनामा कोरोना देखिएको थियो । जसमध्ये उनका परिवारका चार सदस्यसमेत थिए ।

साउन १५ गते त्रिभुवनचोकका आसपासका १८ जना र आन्तरिक राजस्व कार्यालयका १२ सहित ३० जना बिहीबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै बाकेमा डिस्चार्ज हुनेको सख्या चार सय ३५ पुगेको छ ।