२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नयाँ बजार शहरी स्वास्थ्य क्लिनिक भवनको उद्घाटन

घोराही,
२९ साउन । नयाँ बजार शहरी स्वास्थ्य क्लिनिक भवनको उद्घाटन गरिएको छ । घोराही उप–महानगरपालिका–१४ नयाँ बजार स्थित तीनकाुने चोकमा निर्माण गरिएको भवन प्रतिनिधी सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु गरेका हुन् ।

पूर्व सभामुख महराको पूर्वाधार विकास कार्यक्रम अन्तरगत सासंद विकास कोषको ५० लाखको लागतमा ४ कोठे भवन र शौचालय निर्माण गरिएको हो । चारवटै कोठामा एसी सहित फर्निचर र स्वास्थ्य क्लिनिकका लागि आबश्यक पर्ने उपकरणहरु जडान गरिएको छ । भवन उद्घाटन गर्दै महराले राज्यले आफ्ना नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पु¥र्याउनु पर्ने वताए ।

त्यस अबसरमा घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीले घोराही उप–महानरपालिका सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको वताए ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भवन निर्माण समितिका अध्यक्ष दिलकुमारी बुढाले गरेकी थिइन् ।