२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

ग्वार खोलाले बगाउँदा ४२ वर्षीया महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर ।

तुलसीपुर,
२९ साउन । दाङमा ग्वार खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–६ जिबाङ निबासी ४२ बर्षकी तीलसरा सार्की रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिनुभयो ।

रोल्पाको रुण्टीगढी गाउँपालिका–८ बाट सल्यान घर जान भनेर हिँडेकी तीलसरा आज बिहान तुलसीपुर–१८ स्थित ढोरेणीमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।