२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

स्थानीय समन्वय विभागको सचिवमा दाङका केसी मनोनित

दाङ, 
२९ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङका कांग्रेस नेता नहकुल केसीलाई पार्टीको स्थानीय तह समन्वय बिभागको सचिवमा मनोनयन गरेका छन् ।

समितिका सदस्यमा मनोनित भएका उनलाई त्यस लगत्तै बिभागको सचिवमा मनोनित गरिएको हो । पार्टीलाई थप सुदृढ एवं गतिशिल बनाउन महत्वपूर्ण योगदान हुने बिश्वासका साथ केसीलाई सचिवमा मनोनयन गरिएको सभापति देउवाद्वरा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

केसी गरिबी निबारण कोषको कार्यकारी निर्देशक भैसकेका छन्, भने सामाजिक तथा राजनीतिक गतिबिधिमा लामो समयदेखि क्रियाशिल छन् ।