२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

बर्दियामा साउन ३२ गतेसम्म निषेधाज्ञा थप

फाइल तस्वीर ।

बर्दिया, 
२९ साउन । स्थानीय प्रशासनले कोरोना संक्रमण जोखिम नियन्‍त्रणका लागि भन्दै बर्दियामा थप ३ दिन निषेधाज्ञा जारी गरीएको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिहीबार मध्यरातदेखि साउन ३२ गतेसम्म जिल्लामा निषधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि साउन २५ गतेदेखि जिल्लामा निषेधाज्ञा लगाइएको थियो ।

निषेधाज्ञाको समयमा दमकल, एम्बुलेन्स, विद्युत्, खानेपानी लगायत अत्यावश्यक सरकारी कार्यालय सञ्चालनमा हुने प्रजिअ अधिकारीले बताए । सबै वित्तीय संस्था, बजार, उद्योग, कारखाना बन्दलाई निरन्तरता दिइएको छ । त्यस्तै औषधि, दूध डेरी, तरकारी पसल खुल्ला रहे पनि अन्य पसल बन्द रहनेछन् ।

बर्दियामा हालसम्म पीसीआर विधिबाट ७ हजार ८७ परीक्षण गरिएकामा २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये २ सय ३२ जना निको भएको जनस्वास्थ्य कार्यालयले जनाएको खबर कान्तिपुरमा प्रकाशित छ ।