२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

मजदुर एकता समाज मलेसियाको अध्यक्षमा सुवेदी चयन

मलेसिया,
२९ साउन । नेपाली मजदुर एकता समाज मलेसियाको अध्यक्षमा दाङका राम प्रसाद सुवेदी संगम चयन भएका छन् ।

जसको बरिस्ठ उपाध्यक्षमा अर्जुन सिह अनुरागी, उपाध्यक्षमा इन्द्र कुमार राई, महिला उपाध्यक्षमा गंगा चाम्लिङ राई, महासचिवमा रेश्मा कला राई, सचिवमा सन्तोस फुल्लेल, कोषाध्यक्षमा विशाल श्रेष्ठ र सह९कोषाध्यक्षमा दिपक बोहरा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अर्पण मगर, प्रेम बिस्ट ,निर्मल खवास, जीवन नेगी,अमृत परियार र प्रकाश बन्जारा सहयात्री चयन भएका छन् । संस्थाको प्रबक्तमा भिम लुहार चयन भएका छन ।

सो अवसरमा मजदुर एकता समाज मलेशियाका पुर्व अध्यक्ष तथा हाल केन्द्रिय समितिका अध्यक्ष तेज बहादुरका कार्की र प्रमुख अभियान्ता तथा पुर्व मलेशिया समितिका महासचिव दिलिप भट्टराईको उपस्थिति रहेको थियो ।