२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

बबईका थप २ जनामा कोरोना पुष्टि, दुई गाउँ सिल

बबई, 
२९ साउन । दाङको बबई गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन अघि हापुरे क्वारेन्टाइनमा बसेका २१ जना र समुदाय स्तरका ५७ जना गरी जम्मा ७८ जनाको स्वाव संकलन गरी राप्ति विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएकोमा २ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

बबई गाउँपालिका वडा नं. ६ का २२ बर्षिय पुरुष र वडा नं. ७ का २५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बबईका कोरोना फोकल पर्सन शरदराज गिरीले जानकारी दिनुभयो ।

कोरोना पोजेटिभ पुष्टि भएसंगै बबई गाउपालिका ६ का टिकुलीगैरा र ढुङ्गीवगर गरि दुई गाउँ सिल गरिएको छ ।

होम क्वारेन्टाईनमा बसेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएसंगै २ गाउँ शिल गरिएको वडा अध्यक्ष राम वहादुर डाँगीले जानकारी दिनुभयो ।

समुदाय स्तरमा गरिएको नमुना स्वाव संकलनमा भने कोरोना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।