२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

दंगीशरणका स्थानीय र सांसद केसी बिच भेटघाट

दिप्तीशिखा चौधरी, 
दंगीशरण ३० साउन । प्रतिनीधि सभा सदस्य माननिय हिराचन्द्र केसीले आज दंगीशरणमा भेटघाट तथा विकाश योजनाका विषयमा छलफल गरेका छन् ।

माननिय केसीले दंगीशरण गाउँपालिकाको दुर्गम क्षेत्रको रुपमा मानीने वडा नं. १ का विभीन्न गाउँमा पुगेर नागरीकहरुसंग छलफल तथा भेटघाट गरेका हुन् । माननीय केसी वडा नं. १ को छर्कट, गोल्टाकुरी, रामपुर लगाएत गाउँका स्थानीयहरुसंग भेटभाट गरेका हुन् । भेटघाट तथा छलफलका अवसरमा वडा नं. १ बासीहरुले लिफ्ट सिँचाईका लागि ट्रान्सफर जडान हुन नसकेको, डिपबोरीङ्ग, फुर्केसल्लीमा बत्ती, फोनको टावर जडान हुनुपर्ने, बाढि प्रभावित क्षेत्रमा तटबन्ध, बाटोहरु ग्राभेल जस्ता विकास निर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने भन्दै माग पत्र बुझाएका छन् ।

स्थानीयहरुको गुनासो सुनिसकेपछि माननिय हिराचन्द्र केसीले फुर्केसल्लीसम्म पुग्ने बाटो कालोपत्रेका लागि योजना बनीसकेको, तुईखोलामा पुल निर्माणदेखि लिएर सिचाई, खानेपानीका विविध योजना परिसकेको बताए । त्यस्तै हिलाम्मे सडकमा हिड्नुपर्ने समस्या मुक्त गर्नका लागि असोजबाट कार्य अगाडि बढ्ने बताए । ३ बर्षको अवधिमा धेरै विकास भएको बताउँदै केसीले नागरीहरु आत्मनिर्भर हुनका लागि कृषिक्षेत्रलाई अझै पराकिलो तरीकाले अगाडि बढाउन आवश्यक रहेको भन्दै कृषि क्षेत्रलाई ब्यवसाय तर्फ जोड्न आग्रह गरे ।

यस्तै कनरीया खोलामा तटबन्धनले मात्र बस्ती सुरक्षीत नहुने भन्दै आरसीसी गर्ने गरी योजना पार्ने बताए । बिकास निर्माणमा भ्रष्टाचार नगरेमा राम्रो विकास हुने बताए । बबई नदिको तल्लो बेल्टका नागरीक र मथिल्लो बेल्टका नागरीकहरुको सहजताका लागि तल्लोमा डिप बोरीङ्ग र माथिल्लो बेल्टमा लिफ्ट सिँचाई बनाउने योजना ल्याएको र नपुगेका ठाउँमा ल्याईने प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा सांसद धमकली चौधरीले प्रदेश सरकारबाट बजेट परेपनि काम गर्नेले उपलब्धिमूलक कार्य नगर्नाले विकास निर्माणको काम अलीकती ढिलासुस्ती हुन गएको बताईन । प्रदेशबाट बजेट धेरै ल्याएपनि स्थानीयले काममा हेल्च्याक्र्याई गरेको बताईन् । सो अवसरमा वडा अध्यक्ष श्रीप्रशाद चौधरीले वडाबाट थोरै बजेट पर्नाले सानो सानो काम मात्र सम्पन्न भएको जानकारी दिए । वडा नं. १ बाढि प्रभावित क्षेत्र भएकाले यहाँको कनरीया खोला, जुंगे खोला र बबईमा बाढि आउँदा यहाँका जनता त्रसीत हुनुपर्ने स्थिती रहेको बताए । यसका लागि वडाका बजेटले थेग्न नसकेको बताए ।

भेटघाटका अवसरमा नेकपा दंगीशरणका अध्यक्ष भरत अधिकारी, यूवा नेता एमएन शाह, यूवराज खड्का, जितेन्द्र खड्का लगाएत रहेका थिए ।