२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

ब्राउन सुगरसहित २ जना पक्राउ

नेपालगञ्ज, 
३० साउन । बाँके प्रहरीले बिहिवार नेपालगन्जबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले बिहिवार दिउँसो ३ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२, शान्ति चोकबाट सोही ठेगाना भएका बर्ष ३२ का राकेश कुमार लोनिया र बर्ष २८ का छबिलाल लोनियालाई पक्राउ गरेको जनाएको छ ।

उनिहरुको साथबाट प्लाष्टिकको २ र कागजको १ वटा पुडिया बनाई राखेको २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त ब्राउन सुगरसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।