२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

आज रातिदेखि पानी पर्ने क्रम बढ्ने

काठमाण्डौं, 
३० साउन । आज रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउन लागेकाले रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्दा नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार अहिले देशका केही ठाउँको मौसम खुलेको भए पनि प्रदेश १, वाग्मती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । अहिले खुलेको ठाउँको मौसम पनि बिस्तारै बादल लागेर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पनि पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । यस्तै राति प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् अर्यालले बताउनुभयो ।