२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

क्वारेन्टाइन सञ्चालन गरिएका विद्यालयमा सहयोग

सुशील बस्नेत, 
तुलसीपुर ३० साउन । दाङका बिविसोसाइटी, यूनिसेफ र तुलसीपुर उपमहानगरपालीकाको सहकार्यमा खानेपानी, सरसफाई तथा स्वच्छताको लागी सहयोग गरीएको छ ।

क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरुका लागि खुट्टाको प्रयोगले हात धुने बेसिन र सेनिटाईजर,सफा पिउने पानीको फिल्टर (पियुरीफायर) र शौचालयको मर्मतको लागी ३ वटा बिद्यालयमा आर्थिक सहयोगमा गरेको छ । माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरमा २ लाख ५० हजार बराबरको खानेपानीको लागी बोरीङबाट मोटर जडान गरि सञ्चालनको लागी सहयोग गरेको साथै खुट्टाको प्रयोगले हात धुने बेसिन र सेनिटाईजर, हाइजिन किट आदि सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी कोभिड–१९ कार्यक्रमका प्रदेश नम्वर ५ का कार्यक्रम अधिकृत बिश्राम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माध्यामिक बिद्यालय कालाखोला पर्सेनीमा महिला सौचालय मर्मत, खानेपानी ट्यांकी मर्मत गरिदैछ । क्वारेन्टाईनमा बसेका महिलाहरुले प्रयोग गर्ने उदेश्यले बनाउन लागिएको शौचालय कोरोना भाईरस संक्रमणको अबस्था सामान्य भई बिद्यालय सञ्चालन भएमा विद्यालयको छात्र छात्राहरुले प्रयोग गर्ने प्रधानाध्यापक राजीव ओझाले बताउनुभयो ।

२ लाख ३३ हजार रुपैयामा सौचालय र पिउने पानीको धारा जडान भईरहेको छ । उक्त बिद्यालयमा ७ सय ४३ जना बिद्यार्थी मध्ये छात्राको संख्या साढे ४ सय छन् । जनता संस्कृत बिद्यालय बिजौरीमा प्रति घण्टा १ सय लिटर सफा पिउने पानीको फिल्टर ((पियुरीफायर) जडान गरिएको बिद्यालयका शिक्षक टीकाराम पौडेलले बताउनुभयो । २ लाख ३६ हजार मूल्यको २ हजार लिटरको टंयाकीमा उक्त मेसीन जडान गरिएको छ । बिद्यालयमा ५ सय ५० जना छात्रा र ४ सय ५० जना छात्र रहेका छन् । यी तिन वटा बिद्यालय मध्ये माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरमा सञ्चालन गरिएको क्वारेन्टाईनमा करिव ७० जना ब्यक्तिलाई राखिएको तुलसीपुुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले बताउनुभयो ।

माबि तुलसीपुर सेन्टर बजार क्षेत्र भित्रको क्वारेन्टाईन र सुबिधा सम्पन्न भएकाले पनि ब्यबस्थीत ढंगले सञ्चालन गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले प्रहरी हवल्दार गोपाल गौतमको नेतृत्वमा २ जना प्रहरी खटाएको छ । जेठ १० गतेदेखि यो क्वारेन्टाईनमा खटिएको प्रहरी हवल्दार गौतमले बताउनुभयो ।

क्वारेन्टाईन बजार छेउमा भएकाले पनि यहाँ बस्नेले बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाबाट सहयोग प्राप्त भईरहेको क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुले बताउँछन् ।
क्वारेन्टाईनको लागि संस्थागत सहयोग त हुन्छ । सरकारी तथा नेपाल रेडक्रस लगायत अन्य गैरसरकारी संघ संस्थाहरुले सहयोग गर्ने गरेको यहाँ बस्ने ब्यक्तिहरुले बताएका छन् ।