२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

लायन्स क्लव अफ दाङको भवन शिलन्यास

तुलसीपुर, 
३० साउन । लायन्स क्लब अफ दाङको भवन सिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित गाईडरमा रहेको करिब दुई बिगाहा क्षेत्रफल रहेको जमिनमा कार्यालयको भवनको शुक्रबार एक कार्यक्रमका बिच सिलन्यास गरिएको हो ।

यस क्षेत्रका प्रतिनिधिसभा सदस्य सासद हिराचन्द्र केसि र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सयुक्तरुपमा भवन सिलन्यास गरेका हुन् ।

भवन निर्माण समितिका सयोजक यज्ञबहादुर केसिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संसद केसिले आफु पनि लायन्स क्लबको सदस्य हुदै केन्द्रिय सल्लाहकार भएको भन्दै सामाजिक काममा आफुले सहयोग गर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उधोग बाणिज्य सघका अध्यक्ष बिरु रावत, लायन्स क्लब डिष्ट्रिक ३२५ बिटु नेपालका सल्लाहकार बिनोद कुमार श्रेष्ठ, लायन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमाल लगायतले बिशुद्ध सामाजिककाममा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

लायन्स क्लब अफ दाङका पुर्ब अध्यक्ष देबेन्द्र केसिले एक दशक अगाडि करिब ५ कठ्ठा जमिन लायन्स क्लब अफ दाङलाई सहयोग प्रदान गरेका थिए ।