२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

बाँकेमा जारी निषेधाज्ञा आज रातीबाट हटाईने

फाइल तस्वीर ।

नेपालगञ्ज, 
३० साउन । गत साउन १८ गतेदेखी बाँकेमा जारी निषेधाज्ञा हटाईने भएको छ । शुक्रबार राती १२ बजेबाट लागुहुने गरि निषेधाज्ञा हटाउन लागिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार तत्कालका लागि निषेधाज्ञा हटाउन लागिएको हो । निषेधाज्ञा हटाईएपनि कोरोना संक्रमणलाई मध्यनजर गर्दै नागरीक स्तरबाटै सतर्कता अपनाउन कुरुम्वाङले आग्रह गरेका छन ।

कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै बाँकेमा स्थानीय प्रशासनले साउन १८ गते आइतबारदेखि निषेधाज्ञा जारी गरेको थियो । पछिल्लो समय कोरोना संक्रमण केही हदसम्म नियन्त्रणमा देखिएकाले निषेधाज्ञा हटाउने निर्णय गरीएको बताउँदै प्रजिअ कुरुम्वाङले स्वास्थ्यको मापदण्ड अनुसार चेकचाँज प्रक्रियालाई थप बढाउँदै लगिएको जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि साउन १८, साउन २० र साउन २४ गते गरी तिन चरणमा जिल्लाभर निषेधाज्ञा लागु गरीएको थियो । निषेधाज्ञा आज शुक्रबार राती १२ बजेबाट सकिदैछ ।