काठमाडौं,
३० साउन । सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदीप गिरीका अनुसार ५ जना बालक, २ महिला र ४ जना पुरुषको शव निकालिएको हो ।
प्रारम्भिक रुपमा २७ जना अझै बेपत्ता भएको अनुमान प्रहरीले गरेको छ । उनका अनुसार ३७ घरमा क्षति पुगेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा शुक्रबा बिहान पहिरो जाँदा ठूलो जनधनको क्षति भएको हो ।