२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

घरमाथिबाट आएको पहिरोमा पुरिदा दुई बालकको मृत्यु

फाइल तस्वीर ।

बागलुङ,
३१ साउन । बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिदा दुई बालकको मृत्यु भएको छ ।

अविरल वर्षसँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उनका १४ वर्षिय छोरा विरेन्द्र विक र छोरीको छोरा ६ वर्षिय नाति प्रवेश विकको मृत्यु भएको हो ।

पहिरोमा परी विककी श्रीमती ५३ बर्षिय विलसरा विक घाईते भएकी छन्। उनको पहिरोबाट उद्धार गरी उपचारको लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिए।

घरको माथिल्लो तला अर्थात आँटीमा सुतेका परिवार सकुशल रहेका छन् ।

शुक्रबार राती साढे दुई बजेको समयमा पहिरो गएको थियो । राती सुतेको बेलामा पहिरो जाँदा घरमा सुतेका ६ जना मध्ये दुईको मृत्यु, एक घाईते र अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।