२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

वीरगन्ज,
३१ साउन । ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहका अनुसार वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो ।

ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । ‘कोरोना संक्रमित ६० वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार साझ मृत्यु भएको छ,’ डा।सिंहले भने, ‘गत साउन २४ मा उनी कोरोना पोजिटिभ पुष्टि भएपछि यहाँ भर्ना भएका थिए ।’

डा. सिंहका अनुसार मृतक ६० वर्षीय पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए । साउनयता मात्रै पर्सामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।