२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आईतबारदेखी कोहलपुरमा पुनः लकडाउन

फाइल तस्वीर ।

कोहलपुर, 
३१ साउन । बाँकेको कोहलपुरमा पुनः लकडाउन लागु गरिने भएको छ । समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुरका सम्पुर्ण सेवाहरु बन्द गरिने भएको हो ।

कोहलपुर नगरपालिकाले आज एक सुचना जारी गदै साउन ३२ गतेदेखी भाद्र ५ गते रातीसम्म सम्पुर्ण सेवा बन्द गर्ने जनाएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षमा बसेको सर्वपक्षिय बैठकले नगरपालिका कार्यालय, नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल ब्यवसाय, अन्य ब्यापार ब्यवसाय, यद्योग कलकारखाना तथा हाटबजार आगामी भाद्र ५ गतेसम्मकालागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।