२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुरमा थप ९ जनामा कोरोना पुष्टि, ६२ जना डिस्चार्ज

तुलसीपुर,
३१ साउन । तुलसीपुरमा शनिवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरका विभिन्न वडाका २ महिला सहित ९ जनामा कोरोना पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का १ जना, वडा नं. ४ का १ जना, वडा नं. ५ का २ जना, वडा नं. ८ का १ जना, वडा नं. ९ का १ जना, वडा नं. १४ का १ जना र वडा नं. १५ का २ जना गरी ९ जनामा कोरोना पुष्टि भएको हो । २८ र ३४ बर्षीय २ महिला,१७ ,१७, २२, ३१, ३३, ३५ र ४६ बर्षीय ७ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबै क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन । संक्रमित मध्ये ५ जना भारतबाट र ४ जना तेस्रो मुलुकबाट आएका ब्यक्तिहरु रहेको फोकल पर्सन केसीले बताए ।

क्वारेन्टाइन बसेका तथा कन्ट्याक्ट ट्रेसिङ र समुदाय स्तरमा तथा होम क्वारेन्टाइनमा बसेकाहरुको गरी साउन २८ गते १५२ जनाको स्वाब संकलन गरिएको थियो ।

ती मध्ये १४३ जनाको रिपोर्ट नेगेटिभ आएको केसीले बताए । कोरोना पुष्टि भएता पनि ६२ जना निको भएर घर फर्किएका पनि उनले बताए ।

अब उपहानगरमा १५ जना मात्र राप्ती लाइफको क्वारेन्टाइनमा बसेको उनले बताए ।