२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

दलित युवामाथि भएको जातिय विभेद विरुद्ध खबरदारी


तुलसीपुर,
३१ साउन । कालिकोटमा दलित युवामाथि जातिय विभेद सहित कुटपिट गरेको घटना लाई लिएर तुलसिपुरमा खबरदारी कार्यक्रम सम्पन्न भएको छ ।

संयुक्त दलित युवा अभियानले आयोजना गरेको कार्यक्रम संयोजक खेमराज विक सेन्चुरी को अध्यक्षतामा भएको थियो ।

झण्डै १५० जना युवाहरूको संख्यामा उपस्थित भएको र्‍याली जुलुस तुलसीपुरको मदनआश्रीत चोकदेखि बजार परिक्रम गरि विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त खबरदारी कार्यक्रममा दलित नागरिक समाज दाङका संयोजक छवि परियार, दलित अधिकारकर्मी राधिका परियार बोल्नुभएको थियो ।

अभियानका सहसंयोजक शेर बहादुर परियारले कार्यक्रममा उपस्थित सम्पुर्ण युवा अभियान्ताहरुलाइ धन्यबाद मन्तव्य व्यक्त गर्नुभएको थियो, भने सहजीकरण सचिव उमेश परियारले गर्नुभएको थियो ।