२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

पुलमा मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

वेपत्ता युवकको खोजी गर्दै सशस्त्र प्रहरीको टोली । फोटो : तुलसीपुर खबर ।

लमही,
३२ साउन । लमही नगरपालिका वडा नम्बर ४,५ र ६ सिमाना भएर बग्ने सानोराप्ती पुलमा गएराती मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

मोटरसाईकल दुर्घटनामा परी वेपत्ता भएका मनोज चौधरीको शव आज फेला परेको छ । मृत्यु भएका दुईजना मध्ये सुरजनारायण चौधरीको हिजो नै शव भेटिएको थियो भने मनोजको शव आज फेला परेको हो ।

मृतक दुबै जना गएराती ११ बजे लमही देखि गढवा जाँदै गर्दा सानोराप्ती नदि पुलमा मोटरसाइकल ठोकीदा नदिमा खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा मृत्यु भएका दुबै जनाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।