२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरका सेवा बन्द

बुटवल, 
३२ साउन । बुटवल उपमहानगरपालिकाका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाई र दमकल सेवाबाहेक सबै सेवा बन्द गरेको छ ।

शनिबार उपमहानगरका एक र आइतबार अन्य ३ मा संक्रमण देखिएपछि उपमहानगरका तोकिएकाबाहेक सबै सेवा बन्द गरिएको हो ।

उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

बुटवल उपमहानगरमा पछिल्लो २ दिनमा मात्र ४० जना कोरोना संक्रमित थपिएका छन् ।