२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पताल । बाँके

नेपालगन्ज,
३२ साउन । आइतबार बाँकेमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारि राम बहादुर कुरुम्बांगले दिएको जानकारी अनुसार आइतबार बाँकेमा २० जनामा कोरोना पोजेटिभ केस देखा परेको हो ।

कोरोना संक्रमण बाँकेमा समुदाय स्तरमा फैलिन थालेपनि दैनिक रुपमा बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

कोरोना संक्रमणको खतरा रहेको बाँकेका दुइ स्थानीय तहले बन्दाबंदीको घोषणा समेत गरेका छन्, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाले बढ्दै गरेको कोरोना संक्रमण लाई मध्यनजर गर्दै ५ गते सम्मलाई बन्दाबंदी गर्ने घोषणा गरेका हुन् ।