२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

कपिलवस्तुमा निषेधाज्ञा थप १ हप्तासम्म जारी रहने

कपिलवस्तु,
३२ साउन । जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले कपिलवस्तुमा १ हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको बैठकबाट यस्तो निर्णय गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार भाद्र ७ गते राती १२ बजे सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।

जिल्लामा कोरोना संक्रमणकै कारण २ जनाको मृत्यु भइसकेको र दैनिकजसो संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण संक्रमण फैलन नदिन बाध्यभइ निषेधाज्ञा जारी गर्नु परेको प्रजिअ पौडेलले बताए ।