२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दिदीको घर जाँदा खोलाले बगाएपछि एकैघरका ४ जनाको मृत्यु

फाइल तस्वीर ।

कालिकोट, 
३२ साउन । जिल्लाको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जान लागेका एकै परिवारका चारजनालाई दुदुली खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीका अनुसार अछामबाट माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहोरा, उनकी १४ वर्षीया छोरी बिपना बोहोरा, ७ वर्षीय छोरा हेमन्त बोहोरा र १ वर्षीय छोरी आकृति बोहोराको दुदुली खोलाले बगाउँदा मृत्यु भएको हो ।

प्रहरी इन्स्पेक्टर जोसीका अनुसार माल्कोटको उच्छवबाट दिदीलाई भेट्न जान लागेका उनीहरुलाई दुदुली खोलाले बगाएको थियो।उनीहरु सबैको शव फेला परिसकेको छ । भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जगार तर्दा उनीहरु बगेको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।