२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं, 
३२ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए ।

नयाँ मूल्य समायोजन पछि डिजेल र मेट्टितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए ।

मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार नै भएको उनको दाबी छ ।