२०७९ असोज ११ गते मङ्गलवार
२०७९ असोज ११ गते मङ्गलवार

आफ्नै घरको छतबाट खस्दा २३ वर्षीय युवकको मृत्यु

सांकेतिक तस्वीर ।

बुटवल, 
१ भदौ । रुपन्देहीमा आफ्नै घरको छतबाट खस्दा एक युवकको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका १२, प्रहरी टोल बस्ने रामचन्द्रप्रसाद जैसवालका छोरा २३ वर्षीय विकास जैसवालको आफ्नै घरको ३ तला माथिबाट खस्दा बिहान ३ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

छतमा बसेर फोनमा बोल्ने क्रममा एक्कासि खसेका उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डीएसपी खड्कबहादुर खत्रीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।